अन्तराष्ट्रिय आत्महत्या  क्षति प्रभावित दिवस नेपालमा पहिलो पटक

आत्महत्याका कारणले आफन्त गुमाएकाहरुलाई सम्वेगात्मक सहयोग प्रदान गर्ने उद्देश्यले मनोविज्ञान सम्प्रदाय नेपालले आत्महत्या रोकथाम सम्वन्धि विभिन्न कार्यक्रमहरु गदै आएको छ । आत्महत्याका कारणले आफन्त गुमाएकाहरुलाई सहि तरिकाले सम्वेगात्मक सहयोग प्रदान गर्न सकियो भने त्यसले आत्महत्याको कारणले जीवन गुमाउनेहरुको संख्यामा  न्युनिकरण आउने विभिन्न अध्यनहरुले देखाएको छ ।

एक व्यक्तिको आत्महत्याले ६० जना प्रभावित र प्रत्येक वर्ष ८ लाख व्यक्तिले आत्महत्या गरेर ४८ मिलियन जना प्रभावित हुने गर्दछन ।  प्रत्येक वर्ष  नेपालमा पनि  करिव ३ लाख व्यक्ति प्रभावित हुने गर्दछन ।

सन्दर्भ ः  अन्तराष्ट्रिय आत्महत्या  क्षति प्रभावित दिवस (१८ नवम्बर )

अन्तराष्ट्रिय आत्महत्या  क्षति प्रभावित दिवस (१८ नवम्बर )   नेपालमा पहिलो पटक आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको क्षेत्रमा कामगर्ने मनोविज्ञान सम्प्रदाय नेपाले युथ केयर फाउन्डेसन र साइकडेस्क फाउन्डेसन संगको सहकार्यमा  काठमाण्डोको पुतली सडकमा  विहान १० वजे देखि २ वजे सम्म विभिन्न कार्यक्रम गरि मनाइयो । यस कार्यक्रममा  विभिन्न क्षेत्रमा कार्यरथ विद्धत व्यतिहरु मनोविद्ध, संचारकर्मी, साहित्यकार , समाजसेवी, स्वास्थ्यकर्मी, शिक्षक र विद्धर्थीहरु गरि ४६ जना को सहभगिता रहेको थियो ।

१८ नवम्बर लाई अन्तराष्ट्रिय आत्महत्या  क्षति प्रभावित दिवसका रुपमा मनाउन थालेको १८ वर्ष हुनगईरहेको छ ।  अन्तराष्ट्रिय आत्महत्या  क्षति प्रभावित दिवस प्रत्येक वर्ष अमेरिमामा मनाईने थ्याङस गिभिङडे को एक दिन पहिले मानाइने गरिन्छ ।  आत्महत्या रोकथाम सम्बन्धी संस्था एएफएसपी र बिश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा १९औं विश्व आत्महत्या  दिवस विश्वका १८ देशमा विभिन्न कार्यक्रम गरि मनाई रेहेको छ । नेपालमा आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको क्षेत्रमा कामगर्ने मनोविज्ञान सम्प्रदाय नेपालले एएफएसपी, युथ केयर फाउन्डेसन र साइकडेस्क फाउन्डेसन संगको सहकार्यमा विभिन्न कार्यक्रम गरि मनाई रेहेका छन । यस दिवसको नारा “जीवन परिवर्तनका लागि  पहुच” रहेको छ । आत्महत्या विश्वव्यापी समस्याको रुपमा रहेको छ । आत्महत्याले गर्दा घरपरिवार र समाज मात्र नभई समग्र राष्ट्र प्रभावित हुने गर्दछ । आत्महत्यातर्फ अग्रसर हुनु मानवको कहालीलाग्दो पक्ष हो ।

 

रोकथामः

आत्महत्याको रोकथामको लागी  मनोविज्ञान सम्प्रदाय नेपाल (टिसप नेपाल) ले गत वर्ष २४ वटा समुहमा ४४१ जनालाई २ दिने आत्महत्या रोकथाम सहजिकरण तालिम संचालन गर्नुका साथै २० वटा जिल्लामा १७० वटा आत्महत्या रोकथाम सचेतना अभिमुखिकरण कार्यक्रमवाट १५,६२० जना प्रत्यक्ष सहभागि गराई यस विषय वस्तुको वारेमा जानकारी प्रदान गरियोे । आत्महत्याको उच्च जोखिममा रहेको समुह र मानसिक रोगीहरुको लागी बिशेष मानसिक स्वास्थ्य नीति कार्यान्व्यन गरी आवश्यकता अनुसार मानसिक स्वास्थ्य केन्द्र र मनोविमर्शकर्ताको व्यवस्था गरी आत्महत्या न्यूनिकरण गर्न आमरुपमा पहल गर्दा आत्महत्याको वढ्दोक्रमलाई रोकथाम गर्न सकिन्छ । मानसिक स्वास्थ्य एवं आत्महत्याको बारेमा पर्याप्त जनचेतना जगाउनु पर्ने हुन्छ ।

डा.नरेन्द्र सिह ठगुन्ना, बिद्यावारिधी (मनोविज्ञान)

अध्यक्ष, मनोविज्ञान सम्प्रदाय नेपाल