डा. नरेन्द्र सिंह ठगुन्ना
उनको नाम राम श्रेष्ठ (नाम परिवर्तन) हो । उमेरले २८ बर्ष टेकेका उनी १० बर्ष अध्यारोमै जिवन बिताएको बताँउछन् । पछिल्लो १ बर्ष देखी नशा रहित जिवन यापन गर्दै आएका उनी आफ्नो बिगत नर्कजस्तै रहेको निधोमा पुगेका छन् । तर बिभिन्न संघ सस्थाको पहलमा आफू सुध्रिएर नशामुक्त हुन सकेकोमा उनमा अचेल खुसी आएको छ । १८ बर्षअघि चुरोट बाट शुरुभएको उनको नशा आदत ब्राउनसुगर हँुदै सिरिन्जको माध्यमबाट बिभिन्न औषधीमिसाई लत समनगर्न सेबन गर्नेसम्म पुगेको र सो क्रममा घर तथा छिमेकका बिभिन्न सामाग्री चोरेको बताँउछन् ।
त्यस्तो क्रियाकलापले कैयौ रात पुलिस हिरासतमा सुत्नु सम्म प¥यो । आफ्नो बिगत सम्झँदा आज उनलाई धृणा साथै हिनताबोध समेत हुने गर्दछ । बिगतमा सुध्रनका लागी ४ पटक सम्म सुधारगृह बसेका उनी पुन साथीभाईको संगत र अन्य मानिसले भित्ति, ट्यापे, ड्रगीस्ट जस्ता शव्दको प्रयोगले पुन नशामा फर्किएको सम्झिन्छन । सुधारगृहबाट दोश्रो पटक फर्किएपछि केही दिन नशा रहित बिताँउदा बिवाह वन्धनमा बाँधिएका उनि हाल एक बच्चीका बाबु भएका छन् । एकबर्षदेखी कठोर निर्णयका साथ नशारहित जीवन जीउन सफल उनि श्रीमती, परिवारका सदस्य र हितचिन्तकहरुलाई धन्यवाद दिन चाहान्छन् । यो त एकजना तन्नेरीको अप्रिय बिगत सहितको स्विकारोक्ती मात्र हो । आजको दिनमा मुलुकमा ९१हजार ५३४ जना लागुपदार्थका प्रयोगकर्ता छन् । औपचारिक भएको यो तथ्यांक बाहेक लुकेका प्रयोगकर्ता लाख बढि हुनसक्ने अनुमान गरिन्छ ।
व्यक्तिले आफ्नो मुड, चेतनाको अवस्था र व्यवहारमा परिवर्तन गर्नको लागी लागु औषध प्रयोग गर्दछन । लागुपदार्थका प्रयोगकर्ताले लागुपदार्थ प्रयोग गर्ने बिभिन्न बिधि चल्तिमा छन् । कत्तिपयले गम, कोकिन र पेटो«लआदिलाई नाकले सुँघेर सबेन गर्ने गरेको पाइन्छ । मुखवाट निलेर लागुपदार्थ सेबन गर्नेहरुले क्याफिन, भांग, विभिन ट्याब्लेटआदि खाने गर्दछन् । धुम्रपान गरेर पनि लागु औषध सेबन गर्ने गरिएको पाइन्छ । नशाजन्य बस्तुको प्रयोगकर्ताले चुरोट, गाँजा, हिरोइन आदिलाई डढाएर धुवाँ लिनेगरेको प्रसस्तै देखिन्छ । नशाजन्य बस्तुलाई झोलबनाएर सिरिञ्जको माध्यमबाट शरिरभित्र हुल्नु दुब्र्यसनको अर्काे तरिका हो । यसमा मर्फिन,ब्रुपिनार्फिन, डाइजेपाम आदि त्यसरी प्रयोग गर्नेगरेको पाइन्छ ।
कनै पनि किसिमको रसायनिक पदार्थ जसको सेवनले व्यक्तिकोे शरीर र मस्तिष्कको चेतनामा असर पारी स्वभाबिक नियमित प्रक्रियामा भिन्नता ल्याँउछ भने त्यसलाई लागु वा नशाजन्य बस्तुको दुरुपयोग भनिन्छ । यसले मानब शरिरको केन्द्रिय स्नायु प्रणालीमा खती पु¥याँउछ । लागु औषधले सामान्यतया मानसिक उत्तेजना वृद्धि गर्ने वा घटाउने दई प्रकारका काम गर्दछ ।
जान्नै पर्ने कुरा के छ भने, बजारमा सजिलै किन्न पाइने कयौं बस्तुहरु पनि लागु पदार्थका प्रयोगकर्ताले मनमौजी तरिकाले नशाको रुपमा प्रयोग गरिरहेका पनि हुन्छन् । औषधीको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नु पर्दछ । चिकित्सकले रोग निदानकोलागि सिफारिस गर्ने कफ सिरफहरु, दुखाई कम गर्ने औषधी, एलर्जीको औषधी , अन्य मानसीक रोगको उपचारमा प्रयोग हुने औषधी पनि ब्यक्तिले आफुखुसी प्रयोग ग¥यो भने त्यो दुब्र्यसन हो । यि बाहेक कानुनले नै बर्जित गरेका तमाम बस्तुहरु हेरोइन ९धजष्तभ कगनबच, दचयधल कगनबच०, गाँजा, चरेस, भाँग, धतुरो, कोकिन, मेथाडन, म्याजिक मसरुम आदिपनि लाग’ औषधीको रुपमा प्रयोग भएको पाइन्छ ।
लागु औषधको सेबनलाई सामान्य व्यक्तिले इच्छाशक्तिको कमी, कनुनले अपराध, धार्मीक व्यक्तिहरुले पाप, भद«भलाद्मीहरुले यसलाई अनैतिक भन्ने गरेको पाईन्छ । सन् १९५८ मा बिश्व स्वास्थ्य संगठनले यसलाई रोगको रुपमा परिभाषित गरेको छ । लागूपदार्थको अत्याधिक प्रयोग गर्दा गर्दै व्यक्ति शारीरिक वा मानसिक रुपले लागूऔषधमा निर्भर हुन पुग्छन् र निर्भर भईसके पछि लागुपदार्थ सजिलैसंग छोड्न सक्दैनन् । यदि छोड्न खोजेको अवस्थामा बिभिन्न शरिरिक र मानसिक रुपमा बिचलनहरु देखा पर्छन् । त्यसअवस्थालाई लागूपदार्थ दुरुपयोग वा दुव्र्यसन भनिन्छ ।
लागुपर्दाथको दुव्र्यसनीका जैविकिय कारण अन्र्तगतः वंशाणुगत आधार र मनोबैज्ञानिक कारणमा तनाव कम गर्छ भन्ने बुझाई, प्रयोग कर्ताको स्वभाव र व्यक्तित्व, लागुपर्दाथ सजिलै उपलब्ध हुनु , साँस्कृतिक र सामाजिक मान्यता, सामाजिक दवाब आदी हुन ।
यसको प्रयोगले बिभिन शारिरीक, सामाजिक, आर्थिक कानुनी समस्याहरुका साथै कडा खालको मानसिक समस्या, डिमेन्सिया, एम्नेसिया, मुडको गडवडी, उदासिनता, चिन्ता,भोक, निन्द्रा, यौन सम्बन्धि गडवडी आदि ह’न्छ ।
गृहमन्त्रालयले गरेको नेपालमा वर्तमान अवस्थामा कडा लागुऔषध प्रयोग सम्वन्धी सर्वेक्षण प्रतिवेदन २०६९ अनुसार नेपालमा वर्तमान अवस्थामा ९१हजार ५सय ३४ जना लागुऔसध प्रयोगकर्ता रहेका छन् ,जसमध्ये पुरुषको संख्या ८५२०४ र महिला ६३३० छ । यो तंथ्याङ्कले पछिल्लो ६ वर्षमा प्रयोगकर्ताहरु करिब दोब्बर (९८ प्रतिशत) ले बृद्धि भएको देखाएको छ । बार्षीक रुपमा भने ११ दशमलब ३६ प्रतिशतले दुबर््यसनी बढेको देखिन्छ ।
बिश्वमा लागुपदार्थबाट प्रभाबित जनसंख्या २३ करोड रहेको बिश्व स्वास्थ्य संगठन अन्तरगतका लागु पदार्थ र अपराध न्युनिकरण सम्बन्धि राष्ट्रसंघिय इकाई (युएनओडीसी) ले जनाएको छ । लागुपदार्थको सेबनबाट बिश्वमा बार्षीक २१ लाखले ज्यान गुमाइरहेका छन् । धुम्रपान सेबनवाट बार्षिक ६० लाखले ज्यान गुमाइरहेका छन ।
भयाबह समस्या ः रक्सी
नशाजन्य पर्दाथका प्रयोगकर्ताले सर्बाधिक प्रयोग गर्ने बस्तुमा रक्सी देखिएको छ । यसको कारण सजिलै उपलव्धता मानिन्छ । बिक्रिको लागि बिश्वभरि रक्सी सर्तसहित भएपनि बैधानिक छ । विश्व स्वास्थ्य संगठनले १३ मे २०१४ मा जेनेभामा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार प्रत्येक १० सेकेन्डमा एक जना र प्रत्येक वर्ष ३३ लाख (३.३ मिलियन) व्यक्ति मदिरा (अल्कोहल) सेवन गरेर आफ्नो जीवन अकालमा गुमाउने गर्दछन् । यो सम्पूर्ण बिश्वको वाषर््िाक मृत्युको ५ दशमलब ९ प्रतिशत हो ।
गलत तरिकाले मदिराको सेवनले २०० भन्दा वढि रोग र दुर्घटना निम्त्याउने गर्दछ । ५दशमलब १ प्रतिशत रोगको कारण मदिरा रहेको छ । २० देखि ३९वर्ष उमेर समुहका २५ प्रतिशत व्यक्तिको अत्यधिक मदिरा सेवनको कारण मृत्यु हुने पनि त्यो अध्यानले देखाएको छ । अत्याधिक मदिराको प्रयोगले व्यक्तिमा मानसिक बिचलन, चोटपटक र विचार आदान प्रदान गर्न नसकिने समस्याहरु देखिने गरेको पाईन्छ ।
रक्सी सेवनको कारणहुने मृत्युदर, अस्वस्थताको अवस्था, प्रयोग गर्ने तरिका पुरुष र महिलामा फरक फरक रहेको पनि अध्ययनले देखाएको छ । संसार भरि मृत्यु हुने पुरुष मध्ये ७Þ दशमलब ६ प्रतिशत मृत्यु र संसार भरि मृत्यु हुने महिला मध्ये ४ प्रतिशत मृत्यु रक्सी सेवनको कारण हुन । एकबर्षमा नियमित रक्सी सेवन गर्ने पुरुषले ओैषत २१.२ लिटर र महिलाले औषत ८.९ लिटर शुद्ध रक्सी प्रयोग गरेको देखाएको छ । रुसका पुरुषहरुले औषत ३२ लिटर शुद्ध रक्सी प्रयोग गर्ने गरेको सन २०१० को बिश्व स्वास्थ्य संगठनको बार्षीक अध्ययनले देखाएको छ ।
अल्कोहलिक र मानसिक रोगको वारेमा अध्ययन गर्दा द’बै एकअर्काका परिप’रक वा सह–सम्बन्धीत देखिन्छ । अत्याधिक रक्सीको प्रयोगले संक्रमणिय रोगहरुका अतिरिक्त समाजिक सम्बन्धमा तिक्तता ल्याउने र समाजिक आर्थिक हानि हुने गर्दछ । रक्सी बिश्वका बिभिन्न देश र सास्कृतिक क्षेत्रमा प्रायः प्रयोग गरिने सबभन्दा पुराने नशालु पदार्थ हो । यसले व्यक्ति र समाजलाई कतिको प्रभावित पर्दछ भन्ने कुरा प्रयोगकर्ताले प्रयोग गरेको मात्रा र तरिकामा भर पर्दछ । यसको प्रयोगले व्यक्ति स्वयमलाई मात्र नभई परिवारका सदस्यहरु, साथी, सहकर्मी र अपरिचित सवैलाई प्रभावित गर्दछ । रक्सीको प्रयोग गर्न प्रेरित गर्ने तत्बहरु अन्र्तगत वतावरणीय तत्ब, आर्थिक अवस्था, सास्ँकृतिक तत्व, रक्सीको पर्याप्त उपलव्धता, नितिनियमको अभाब आदि पर्दछन । व्यतिmमा रक्सीको प्रभाव कति पर्ने भन्ने कुरा रक्सीको मात्रा र रक्सी लिने तरिकामा निहित हुने गर्दछ । व्यक्तिको रक्सी लिने तरिका जति अव्यवस्थित हुदैजान्छ त्यसले विभिन्न मानसिक समस्या पनि बढदै जाने गर्दछन ।
२६जुनलाई लागुपदार्थको प्रयोग र अवैध ओसारपसार विरुद्ध अन्र्तराष्ट्रिय दिवसका रुपमा मनाउन थालेको सन १९८७ देखी हो । २६ जुनलाई लागुपदार्थको प्रयोग र अवैध ओसारपसार विरुद्ध अन्र्तराष्ट्रिय दिवसका रुपमा युएनओडिसीले विश्वभरि विभिन्न कार्यक्रम गरि मनाईन्छ । नेपालमा पनि यस क्षेत्रमा कामगर्ने विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरि मनाउने गरेका छन । नीतिनियम लागु भएनभएको अनुगमन र मुल्याङ्कनमा जोड दिएर, मुल्यविृद्धि र करको दायरा बढाएर, मागलाई कम गरेर, रक्सीको उपलव्धतालाई सिमित गर्न कोटा प्रणलीवाट मात्र बेच्ने व्यवस्था गरेर रक्सीबाट भइरहेको आर्थीक, मानबिय र भौतिक क्षतिको मात्रा कम गर्न सकिन्छ । लागुपदार्थको प्रयोगबाट देखिने शारीरिक, मानसिक र सामाजिक समस्याको वारेमा जनचेतना फैलाउन हाम्रोजस्तो कम बिकसित देशमा झन जरुरी छ ।
लागुपदार्थको लतग्रसित व्यक्तिहरुमा उपचारको पहुँच बढाएर र मनोसामाजिक स्वास्थ्यको लागी तरिकाहरु अपनाएर समस्या घटाउन सकिन्छ ।
लागुपर्दाथको प्रयोग सम्बन्धि गडवडीमा प्रयोगकर्ताको अवस्था र कारण अनुसार विभिन बहुआयमिक उपचार पद्धति प्रयोग गरिन्छ । बिशेष गरी विषमुक्तिकरण (मभतयहषष्अबतष्यल), औषधी उपचार, मनोचिकित्सा, मनोविमर्श, मनोउपचार, व्यावाहार परिवर्तन, बहुआयामिक पद्धति, पुर्नस्थापना केन्द्र केन्द्रित उपचार पद्धिती बढि कामयाब हुन्छन् । लागुपदार्थको प्रयोग मानसिक समस्या भएकाले मनोचिकित्सक, मनोविज्ञ र मनोविमर्शकर्ताको उपलव्धता बढाउने, तालिम सञ्चालन गर्ने र न्यूनिकरणका लागी एकिकृत प्रयास सञ्चालन गर्नैपर्ने हुन्छ ।
डा. ठगुन्ना मनोबिज्ञानमा बिधाबारिधी हुुन ।
अध्यापक त्रिचन्द्र क्याम्पस, मनोविज्ञान विभाग